
विर्तामोड, असार २७- असारमा बजेट सक्ने चटारोका कारण हतारमा विकास निर्माणका काम गर्ने गरेको पाइएको छ । झापाको कनकाई नगरपालिका ३ मा शनिबार रातभर गरेको सडक पिच गुणस्तरहिन भएको पाइएपछि स्थानीयको चर्को विरोध गरे ।
पानी परेको समयमा कमशल सामग्री राखेर ठेकेदार कम्पनीले पिच गरेको भन्दै स्थानीयले विरोध जनाएका हुन् । स्थानीयको विरोधपछि ठेकेदारले बिहानै पिच भत्काएका हुन् ।
कनकाई नगरपालिका ३ सुरुङ्गा खोला पुल हुँदै कनकाई नगरपालिका ४ को सिमासम्मको झण्डै दुई किलोमिटर पञ्चायात मार्ग असार मसान्तमा सक्नेगरी एसए एस कन्स्ट्रक्सन प्रालि विराटनगरले ठेक्का लिएको हो । ती करोड ४१ लाख २१ हजार ८ सय ७९ रुपैँयामा ठेक्का शहरी विकास तथा भवन निर्माण कार्यालयले लगाएको हो। काम अन्तिम अवस्थामा पुगेको छ ।
हतारोमा काम गर्ने क्रममा कमशल काम गर्न थालेपछि स्थानीयको विरोधपछि ठेकेदार कम्पनीले बनिसकेको रोडसमेत भत्काएको स्थानीयको भनाइ छ ।