Skip

Hamro Sanchar

जापानका पूर्वप्रधानमन्त्रीमाथि गोली प्रहार

एजेन्सी प्रकाशित : २०७९ असार, २४ गते


काठमाडौं, असार २४- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ । शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो ।

आवेको अहिले अस्पतालमा उपचार भइरहेको छ । उनको छातीमा गोली लागेको जापानिज मिडियाले उल्लेख गरेका छन् ।

प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको छ । मिडिया रिपोर्टका अनुसार उनको छातीमा दुईवटा गोली लागेको छ । घटनापछि उनलाई अस्पताल लगिएको थियो । तर, उनको अवस्था भने अहिलेसम्म थाहा हुन सकेको छैन । गोली कसले र किन चलायो भन्ने पनि खुल्न सकेको छैन ।


प्रतिकृया दिनुहोस्