हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असार, २३ गते
काठमाडौं, असार २३- नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अध्यक्ष अधिकारीलाई निलम्बन नगर्न अन्तरिम आदेश दिएको हो ।
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचजना तत्कालीन मन्त्रीसहित ५५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा लगेको छ । दर्ता हुने क्रममा रहेको मुद्दाको मिसिलमा ८ अर्ब बिगो दाबी गरिएको छ । अख्तियारले तत्कालीन मन्त्रीहरू डा.रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ,भीम आचार्य...
काठमाडौं । गृह मन्त्रायलले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको घटनामा सत्यतथ्य पत्ता लगाउन ‘छानबिन समिति’ गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै, सहसचिव...
काठमाडौं । जेनजी आन्दोलनका बेला जलेको सिंहदरबार अवलोकन गर्न गएकी पूर्वराष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्ने भएकी छिन्। आज दिउँसो सिंहदरबार अवलोकन गर्न पुगेकी उनले प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्न लागेकी हुन्। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला सिंहदरबारमा आगजनी गरिएको थियो। भण्डारी पहिलो पटक त्यसको...