Hamro Sanchar

भिडियो भाइरल भएपछि टीकाले भनिन्- श्रीमानसँग बनाएकाे थिएँ, गुलाबजंगको टाउको जोडियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ असार, २१ गते


सल्यान, असार २१- एमालेका कर्णाली प्रदेश संसदिय दलका प्रमुख सचेतक गुलाबजंग शाहसँग सँगै सुतेर राेमान्स गरिरहेकाे भिडियो बाहिरिएपछि एमाले सल्यान जिल्ला कमिटी सदस्य टीका वलीले पत्रकार सम्मेलन गर्दै प्रष्टीकरण दिएकी छन् ।

उनले आफ्नाे श्रीमानसँग बनाएकाे भिडियाेलाइ प्रविधिकाे दुरुपयाेग गर्दै गुलावजंग शाहकाे अनुहार इडिट गरेर बनाइएकाे दाबी गरेकी छन् ।

‘मैले मेराे श्रीमानसँग भिडियाे बनाएकी थिए । त्यसैलाइ शाहकाे टाउकाे जाेडी इडिट गरेर भिडियाे भाइरल बनाइयाे’, पत्रकार सम्मेलनमा वलीले भनिन् । उनले गुलाबजंगलाई पार्टीको नेता भएको हिसाबले आफूले बुबा सम्मानकाे आदर र सम्मान गर्ने बताइन् ।

वलिले आफ्नो टिकटक अकाउन्ट पनि ह्याक भएको बताएकी छन् । भिडियाे भाइरल भएपछि टिकटक अकाउन्ट ह्याक भएकाे र अहिले नखुलेकाे उनकाे भनाइ थियाे । श्रीमान्‌सँग बनाएको पुरानो टिकटक खोज्दा अहिले नभेटेको उनले बताइन् ।

यसबारे कानुनी उपचार खोज्ने उनले बताएकी छन् ।

यो पनि पढ्नुहोस्- एमाले सांसदको बाहिरियो अर्को काण्ड : परस्त्रीसँगको टिकटक भिडियो सार्वजनिक


प्रतिकृया दिनुहोस्