Skip
आज : २०८२ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एसपीपी अस्वीकारको पत्र अमेरिकालाई पठाएका छैनौं- परराष्ट्र मन्त्रालय

प्रकाशित : २०७९ असार, १९ गते


काठमाडौं, असार १९- परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णयबारे अमेरिकालाई पत्र नपठाइएको जनाएको छ ।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसीपी अस्वीकार गर्ने निर्णयबारे पत्र पठाउने काम भइनसकेको बताइन् ।

प्रोग्रामबारे नेपाल सरकार मन्त्रिपरिषदले गरेको निर्णय मन्त्रालयमा आएको भए पनि अध्ययन भइरहेकाले पत्र भने गइनसकेको उनको स्पष्टिकरण थियो । अध्ययनपछि निर्णय कार्यान्वयन हुने उनले बताइन् ।

‘एसपीपीको पहिले भएको पत्राचारमा परराष्ट्र मन्त्रालय सहभागी थिएन, अब हामीलाई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार एउटा म्यानुअल प्राप्त भएको अवस्था छ,’ उनले भनिन्, ‘परराष्ट्र मन्त्रालयले खरो अध्ययन गरेर मात्रै पत्राचार गर्नुपर्ने भएकाले अहिले निर्णय कार्यान्वयन भएको छैन, तर ढुक्क हुनुहोस् अध्ययनपछि निर्णय कार्यान्वयन गर्छौं ।’


प्रतिकृया दिनुहोस्