Hamro Sanchar

रवि लामिछानेलाई निर्वाचन आयोगले दियो दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह के पाए ?

प्रकाशित : २०७९ असार, १७ गते


Advertisement

काठमाडौं, असार १७- निर्वाचन आयोगले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गरेको छ ।

शुक्रबार आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन दर्ताको प्रमाणपत्र प्रदान गरेको हो ।

यस्तै आयोगले प्रस्ताव गरेको घण्टी चुनाव चिन्हमा भने आयोगले संशोधन गरेको छ । घण्टी चुनाव चिन्ह अर्कै दलको भएपछि आयोगले पार्टीलाई गोलाकारभित्रको घण्टी चिन्ह दिएको छ ।

असार ७ गते रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै दर्ताको लागि आयोगमा निवेदन दिएका थिए । उनले चुनाव चिन्ह घण्टी राख्न प्रस्ताव गरेका थिए ।

पार्टी दर्ताको निवेदन आयोगमा दिएपछि विभिन्न राजनीतिक दल एवं स्वतन्त्र उम्मेदवारहरूको एलाइन्सले उक्त पार्टी दर्ता नगर्न आग्रह गर्दै ध्यानाकर्षण गराएका थिए । तर पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ । ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध २ उजुरी समेत परेको थियो ।


प्रतिकृया दिनुहोस्