कपिलवस्तु, असार १७- प्रहरीले भारतबाट ल्याइएका अवैध १८ सय कुखुराका चल्ला नष्ट गरेको छ ।
ती चल्ला बिहिबार राति कृष्णनगर नगरपालिका-१ मडहामा जफत गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
चल्ला १ लाख ८० हजार बराबर रहेको प्रहरी मुचुल्कामा लेखिएको छ । उक्त चल्ला प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हाे ।
चल्ला ल्याउने मानिस भने फरार रहेको र खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
चल्लालाई कृष्णनगरस्थित सुरही खोलामा खाल्डो खनेर नष्ट गरिएको छ ।