काठमाडौं, असार १६- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी ठूलो दुर्घटनाबाट जोगिएको छ । ओखलढुंगाबाट काठमाडौं फर्किने क्रममा गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कर्पियो गाडी दुर्घटना हुनबाट जोगिएको छ ।
बिहीबार बिहान रामेछापको गोगनेमा सडक किनारबाट गाडी थोरै तल झरेको थियो ।
गाडी ढुंगाको आडमा रोकिएको उपसभापति गुरुङ जानकारी दिए । गाडीमा उपसभापति गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना सवार थिए ।
गाडी अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको हो । गाडीमा सवार सबै जना सकुशल रहेका छन् भने डोजर र ट्याक्टरको सहायताले गाडी निकाल्न लागिएको छ ।