आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जारको पानीमा पनि हैजाका जीवाणु, १२ जनामा हैजा प्रमाणित

प्रकाशित : २०७९ असार, १४ गते


Advertisement

काठमाडौं, असार १४- काठमाडौं उपत्यकामा प्रयोग भइरहेका सबैजसो पानीका स्रोतमा हैजाका जीवाणु ‘इकोलाई’ भेटिएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले परीक्षण गरेका उपत्यकाका विभिन्न ठाउँको पानीका स्रोतमध्ये बागबजार, डिल्लीबजार र सानेपाको पानीमा हैजाका जीवाणु भेटिएको महाशाखाका प्रमुख डा. चुमनलाल दासले बताए । थप स्थानका नमुना परीक्षण भए पनि रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए ।

डा. दासका अनुसार आइतबार लिइएका आठ नमुनामध्ये पाँचवटामा इकोलाई भेटिएको थियो । ती नमुना डिल्लीबजार, बागबजार र सानेपाका थिए। रिपोर्टअनुसार सबैजसो नमुनामा हैजा र झाडापखाला फैलाउने खालका जीवाणु भेटिएका थिए। नैकाप, थानकोट र बल्खुको नमुना परीक्षण गरिए पनि रिपोर्ट आउन बाँकी छ । ‘काठमाडौं उपत्यकाका १५ प्रतिशत जारको पानी प्रदूषित भएको पाइएको छ,’ प्रमुख दासले भने, ‘बुढानिलकण्ठ नगरपालिकाले संकलन गरेको पानीका नमुनामध्ये ७२ प्रतिशतमा प्रदूषण देखिएको छ ।’

राजधानीमा परीक्षण गरिएका नमुनामध्ये धेरैमा इकोलाई भेटिएकाले पानीका स्रोत नै दूषित भएको बताइएको छ । त्यसकारण उपत्यकामा हैजा फैलिने प्रबल सम्भावना रहेको डा. दासले बताए । आइतबारसम्म १२ जनामा हैजा प्रमाणित भइसकेको छ । तीमध्ये आठजनाको उपचार भइसकेको छ भने चारजना उपचाररत छन् ।


प्रतिकृया दिनुहोस्