Hamro Sanchar

एमालेमा फर्किने हल्लापछि मन्त्री प्रेम आलेले मुख खोले, के हो वास्तविकता ?

प्रकाशित : २०७९ असार, ९ गते


Advertisement

काठमाडौं, असार ९- नेकपा एमालेमा फर्किन लागेको समाचारहरु बाहिरिएपछि संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले मुख खोलेका छन् ।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यसमेत रहेका मन्त्री आलेले आफू नेकपा एमालेमा प्रवेश हल्ला झुठ भएको बताएका छन् ।

मन्त्री आलेले एमाले प्रवेश गर्न अध्यक्ष केपी शर्मा ओली वा कसैसँग छलफल, संवाद नगरेको पनि बताएका छन् ।

पछिल्लो समय आले एमालेमै फर्किने चर्चा चल्दै आएको छ । मन्त्री आलेले भने, “म एमाले प्रवेश गर्ने कुरा शतप्रतिशत झुठ हो । मेरो भनाइ यही हो ।”

उनले जनमानसमा भ्रम फैलाउन प्रवृत्तिप्रति दु:ख र खेद व्यक्त गरेका छन् ।

आले एमालेमै फर्कने तयारी भन्दै समाचारहरु बाहिरिएका थिए ।


प्रतिकृया दिनुहोस्