काठमाडौं, असार ७- सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गरेका छन् । लामिछानेले मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठनको घोषणा गरेका हुन् ।
उनले आजै निर्वाचन आयोगमा सो दल दर्ता गर्ने बताएका छन् ।
लामिछानेले नयाँ पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन् । मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका लामिछानेले पार्टीको चुनाव चिन्ह पनि सार्वजनिक गरेका हुन् ।
उनले यसलाई सुशासनको घण्टी बताउँदै यसले भ्रष्टाचारीहरुको मनमा घण्टी बजाउने जिकिरसमेत गरेका छन् ।
उनले स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गर्नेहरूलाई सो पार्टीमा समावेश हुन पनि आग्रह गरे । उनले क्षमता भएकाहरू जसलाई पनि पार्टीमा स्थान दिने बताए ।
क्षमता नभई नभई पार्टीमा र्याल चुहाएर आफू नबस्ने बताए । देशभरिबाट समानुपातिक भोट सङ्कलन गर्नुपर्ने भएकोले पार्टी दर्ता गराएको उनले बताए ।