७ मंसिर, काठमाडौं । केही सातादेखि लगातार घटिरहेको सुनको मूल्य आज एकाएक बढेको छ।
सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन सुन २ लाख ४२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेर ३ हजार ११० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो।























