२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा चितवन राइनोजका ओपनर कमिल मिशाराले काठमाडौं गोर्खाजविरुद्ध शानदार शतक प्रहार गरेका छन्।
मिशाराले ५३ बलमा ४ चौका र ८ छक्काको मद्दतमा शतक पूरा गरेका हुन्। जारी प्रतियोगितामा शतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन्।
यसअघि पोखरा एभेन्जर्सका युवराज साम्राले कर्णाली याक्सविरुद्ध शतक बनाएका थिए।
यस्तै, चितवनका कप्तान रवि बोपाराले पनि अर्धशतक पूरा गरेका छन्। उनले ४१ बलमा ३ चौका र २ छक्कासहित अर्धशतक बनाएका हुन्।
करियरको ५००औँ टी–२० खेलिरहेका बोपाराले महत्वपूर्ण इनिङ्स खेलेका छन्। एनपीएल इतिहासमा यो पाँचौँ शतक हो।























