१ मंसिर, काठमाडौं । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायअन्तर्गत शिक्षण अस्पतालले विभिन्न ४ पदमा १६ जना कर्मचारी माग गरेको छ।
अस्पतालले स्टाफ नर्स १० जना, रेडियोग्राफी टेक्निसियन १ जना, ल्याब असिस्टेन्ट १ जना र अ.न.मी.४ जना गरी कुल १६ कर्मचारी करार सेवामा नियुक्त गर्न लागेको हो
योग्य नेपाली नागरिकले मंसिर १५ गतेसम्म पोखरा विश्वविद्यालय शिक्षण अस्पताल, खुदी–३०, कास्कीमा आवेदन दिन सक्नेछन्। आवेदनसँगै १ हजार ५०० रुपैयाँ परीक्षा दस्तुर बुझाउनुपर्नेछ।
लिखित परीक्षा मंसिर २२ गते तथा प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता मंसिर २९ गते हुने सूचनामा उल्लेख छ।
थप जानकारीका लागि विश्वविद्यालयको वेबसाइट www.pu.edu.np हेर्न सकिनेछ।























