Skip
आज : २०८३ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शेख हसिनाको पार्टीको प्रदर्शन उग्र, बंगलादेशमा कार्यालयदेखि स्मारकसम्म तोडफोड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ३० गते


Advertisement

ढाका । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले प्रतिबन्धका बाबजुद आइतबार गरेको प्रदर्शन हिंसात्मक बनेको छ। गोपालगन्जमा प्रदर्शनकारीले तोडफोड गर्नुका साथै विभिन्न स्थानमा आगजनी गरेका छन्।

स्थानीय पत्रकारहरूका अनुसार प्रदर्शनमा सहभागी अवामी लिगका नेता तथा कार्यकर्ताहरू लाठी र धारिला हतियारसहित सडकमा उत्रिएका थिए। प्रदर्शनका क्रममा जिल्ला अवामी लिगको कार्यालय कब्जा गरी तोडफोड गरिएको बीबीसी बंगलाले जनाएको छ।

प्रदर्शनकारीले सहरको लन्चघाट क्षेत्रमा रहेको जुलाई स्मारकमा आगो लगाएका छन् भने प्रहरीको गाडीसमेत जलाइएको छ।

त्यस्तै, गोपालगन्ज सरकारी कलेजको नाम परिवर्तन गर्दै ‘सरकारी बंगबन्धु कलेज’ लेखिएको ब्यानर राखिएको छ। अवामी लिग सरकारको पतनपछि कलेजको नाम परिवर्तन गरिएको थियो।

गोपालगन्ज विज्ञान तथा प्रविधि विश्वविद्यालयस्थित हादी चत्तरको नामपट्टिसमेत तोडफोड गरिएको बताइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा प्रदर्शनका क्रममा सहरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको देखिन्छ।


प्रतिकृया दिनुहोस्