Skip
आज : २०८३ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

‘ककाकिकी’को प्रचारमा प्रहरी पक्राउको स्टन्टले विवाद, मनोज गजुरेलले मागे माफी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २९ गते


Advertisement

काठमाडौँ । चलचित्र ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रममा गरिएको प्रहरी पक्राउसम्बन्धी नाटकीय प्रस्तुतिले विवाद सिर्जना गरेपछि हास्यकलाकार मनोज गजुरेलले सार्वजनिक रूपमा माफी मागेका छन्।

चलचित्रको प्रचारका क्रममा कलाकारहरूलाई प्रहरीले पक्राउ गरी भ्यानमा राखेको दृश्य प्रस्तुत गरिएको थियो। उक्त शैलीले दर्शकमा वास्तविक घटनाकै भ्रम सिर्जना गरेपछि सामाजिक सञ्जालमा आलोचना भएको हो।

गजुरेलले आफू पनि उक्त प्रस्तुतिमा सहभागी भएको स्वीकार गर्दै दर्शकमा परेको भ्रम र असुविधाप्रति दुःख व्यक्त गरेका छन्। उनले मनोरञ्जनका नाममा अनावश्यक भ्रम फैलाउनु उचित नभएको बताउँदै प्रचारमा सिर्जनशीलतासँगै सामाजिक जिम्मेवारी पनि आवश्यक रहेको उल्लेख गरेका छन्।

उनका अनुसार नियत राम्रो भए पनि निर्णयमा त्रुटि हुन सक्छ र त्यसलाई स्वीकारेर सुधार गर्नु सर्जकको दायित्व हो। उनले चलचित्र निर्माणमा धेरै कलाकार तथा प्राविधिकको मेहनत जोडिने भएकाले प्रचारको एउटा शैलीकै आधारमा समग्र चलचित्रको मूल्यांकन नगर्न पनि दर्शकलाई आग्रह गरेका छन्।


प्रतिकृया दिनुहोस्