काठमाडौं । अमेरिकी एआई चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० जेन्सन हुआङले विवाहेत्तर सम्बन्धसम्बन्धी विवाद सार्वजनिक भएपछि पदबाट राजीनामा दिएको समाचारले अन्तर्राष्ट्रिय क्षेत्रमा तरंग ल्याएको छ।
उनको राजीनामासँगै कम्पनीमाथि अमेरिकी सांसदहरूको निगरानीसमेत बढेको छ। हुआङको कथित सम्बन्ध चिनियाँ जासुसीसँग जोडिएको आशंकापछि अमेरिकी राजनीतिज्ञहरूले राष्ट्रिय सुरक्षामाथि प्रश्न उठाएका छन्।
विवाद सार्वजनिक भएको पाँच दिनमै एनभिडियाले सेयर बजारमा करिब ५५० अर्ब अमेरिकी डलर बराबरको बजार पुँजीकरण गुमाएको बताइएको छ।
हुआङको कथित सम्बन्ध चिनियाँ नागरिक एलिस हुआङसँग रहेको समाचार सार्वजनिक भएपछि उनले पत्नीप्रति इमानदार नरहेको स्वीकार गरेको बताइएको छ। त्यसपछि एनभिडियाकै एक उच्च अधिकारी किम्बर्ली पावेलसँग पनि उनको सम्बन्ध रहेको अर्को दाबी सार्वजनिक भएको छ।
यता, एलिस हुआङ चीनका लागि जासुसीमा संलग्न रहेको आशंका गरिए पनि चीनले उक्त आरोप अस्वीकार गरेको छ। अमेरिकी न्याय विभागले पनि यस विषयमा अहिलेसम्म कुनै निष्कर्षमा नपुगेको जनाएको छ।
यसैबीच, अमेरिकी सांसदहरूले हुआङलाई कंग्रेससमक्ष उपस्थित भएर स्पष्टीकरण दिन माग गरेका छन्। विवाद चर्किएपछि कम्पनीकी अन्तरिम सीईओ कोलेट क्रेसले आगामी रणनीतिबारे छलफल गर्न आपत्कालीन बैठकसमेत बोलाएको समाचारमा उल्लेख छ
























