Skip
आज : २०८३ कार्तिक २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सांसद शाहीको प्रधानमन्त्रीलाई आग्रह : भ्रष्टाचारीलाई जेल हाल्नुस्, युवालाई विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नुस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २० गते


Advertisement

२० कार्तिक, काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रष्टाचार नियन्त्रण, सुशासन र स्वदेशमै रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन्।

उनले कसलाई सरकारबाट हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने प्रधानमन्त्रीको अधिकार भए पनि भ्रष्टाचारमा संलग्नलाई जेल हाल्न र उनीहरूको अवैध सम्पत्ति जफत गर्नुपर्ने बताएका छन्।

शाहीले अपराधमा संलग्न व्यक्ति जुनसुकै पार्टी वा समूहको भए पनि आफ्नो–पराइ नभनी निष्पक्ष कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

राजनीतिक आस्था र निकटताका आधारमा कसैलाई उन्मुक्ति दिन नहुने उनको भनाइ छ।

त्यस्तै, देशभित्रै पर्याप्त रोजगारीका अवसर सिर्जना गरी नेपाली युवालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताबाट मुक्त गर्नुपर्ने उनले बताएका छन्।

अबको पाँच वर्षपछि कुनै पनि नेपाली युवा अर्काको देशमा पसिना बगाउन र श्रम गर्न बाध्य हुन नपरोस् भन्ने आफ्नो अपेक्षा रहेको उल्लेख गर्दै शाहीले प्रधानमन्त्रीसँग जनताको चाहना भ्रष्टाचारमुक्त शासन, अपराधीमाथि निष्पक्ष कारबाही र स्वदेशमै रोजगारी रहेको बताएका छन्।


प्रतिकृया दिनुहोस्