१८ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टी नेतृत्वमाथि उठेका सबै प्रश्नको सामना गर्न तयार रहेको जनाएको छ।
आज सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टी नेतृत्वबारे निष्पक्ष, विधिसम्मत र विश्वसनीय छानबिन हुनुपर्ने बताए।
प्रहरी हिरासतमा रहेका व्यक्तिको बयानको अडियो सार्वजनिक गरिएकोप्रति आपत्ति जनाउँदै उनले सरकारको नियतमाथि प्रश्न उठाए।
सरकार र सत्तारूढ दलबीच नै तालमेल नरहेको आरोप लगाउँदै शर्माले नियोजित रूपमा सामग्री बाहिर ल्याएर भ्रम सिर्जना नगर्न चेतावनी दिए।

























