काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई रोमाञ्चक खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स आमनेसामने हुँदा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्नेछ।
पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ बजे हुनेछ।
काठमाडौं पहिलो जितको खोजीमा मैदान उत्रँदा दुई खेल जितिसकेको कर्णाली लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ। यस्तै, एक जित र दुई हार बेहोरेको सुदूरपश्चिमलाई जितको दबाब छ। अपराजित चितवन भने आफ्नो लय कायम राख्न चाहन्छ।























