१६ कार्तिक, काठमाडौं ।अमेरिकाको फ्लोरिडामा व्यावसायिक जेट विमान आवासीय सडकमा खस्दा ९ जनाको मृत्यु भएको छ।
आइतबार भएको दुर्घटनामा विमानमा सवार सबैको ज्यान गएको अमेरिकी यातायात मन्त्रीले पुष्टि गरेका छन्।
टेक्ससको अस्टिनबाट बाहामासतर्फ उडेको लियरजेट ६० विमान स्थानीय समयअनुसार दिउँसो १२ः५० बजे पाम बीच काउन्टीको क्रेस्टहेभन नजिकै खसेको हो।
दुर्घटनापछि सडकमा ठूलो खाल्डो परेको छ भने विमानका टुक्रा र आगोका लप्काले क्षेत्र अस्तव्यस्त बनेको थियो।
दुर्घटनास्थल नजिकैको ट्रेलर पार्कमा बस्ने करिब ६०० स्थानीयलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।
फ्लोरिडामा आकाशबाट खस्यो जेट, नौ जनाको ज्यान गयो

























