काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको छ।
आज त्रिवि क्रिकेट मैदानमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको हो ।
जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रन मात्रै बनाउन सक्यो ।
यस जितसँगै जनकपुरले चार अंक जोडेको छ । यसअघि जनकपुरले काठमाण्डू गोर्खाजलाई ८ विकेटले हराएको थियो।






















