Skip
आज : २०८३ कार्तिक १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रसुवा अस्पतालमा विभिन्न पदमा कर्मचारी माग, ८ जनाका लागि खुल्यो आवेदन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १३ गते


Advertisement

रसुवा । बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालय मातहत रहेको रसुवा अस्पतालले विभिन्न पदमा करार सेवामार्फत कर्मचारी नियुक्त गर्ने भएको छ।

अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार मेडिकल अधिकृत, डेन्टल सर्जन, स्टाफ नर्स, बायोमेडिकल टेक्निसियन, अहेव, स्वास्थ्य कम्प्युटर अपरेटर र स्वीपर/कार्यालय सहयोगी गरी विभिन्न पदमा आवेदन माग गरिएको छ।

सूचनामा उल्लेख भएअनुसार मेडिकल अधिकृत पदमा २ जना तथा डेन्टल सर्जन, स्टाफ नर्स, बायोमेडिकल टेक्निसियन, अहेव, स्वास्थ्य कम्प्युटर अपरेटर र स्वीपर/कार्यालय सहयोगी पदमा एक–एक जना कर्मचारी माग गरिएको छ।

माग गरिएका पदमध्ये मेडिकल अधिकृत र डेन्टल सर्जन आठौँ तहका हुन्। स्टाफ नर्स पाँचौँ तह, बायोमेडिकल टेक्निसियन पाँचौँ तह, अहेव चौथो तह, स्वास्थ्य कम्प्युटर अपरेटर चौथो तह तथा स्वीपर/कार्यालय सहयोगी श्रेणीविहीन पदमा कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ।

आवेदन दिने उम्मेदवारले सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ। केही पदका लागि प्रदेश निजामती सेवा तथा अन्य पदका लागि सम्बन्धित सेवा र समूहअनुसारको योग्यता आवश्यक पर्ने सूचनामा जनाइएको छ।
विस्तृत जानकारी अस्पतालको आधिकारिक वेबसाइट
rasuwahospital.bagamati.gov.np तथा सूचना पाटीबाट प्राप्त गर्न सकिनेछ। आवेदन प्रक्रिया, आवश्यक कागजात र दस्तुरसम्बन्धी विवरण पनि अस्पतालले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ।

 


प्रतिकृया दिनुहोस्