काठमाडौं । पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले समाचार कक्षबाटै पक्राउ गरेको छ।
नेपाल प्रेसको कार्यालयमा कार्यरत रहेकै बेला सादा पोसाकमा आएका तीन जनाले उनलाई नियन्त्रणमा लिएका हुन्।
पत्रकार राजाराम न्यौपानेका अनुसार पक्राउ पुर्जी माग्दा प्रहरीले प्रहरी महानिरीक्षक ९आईजीपी०ले बोलाएको र सोधपुछका लागि लैजान लागेको जवाफ दिएको थियो।
नेपाल प्रेसका अनुसार सुवेदीलाई पक्राउ पुर्जीबिनै कार्यालयभित्र प्रवेश गरेर लगिएको हो।

























