Skip
आज : २०८३ कार्तिक १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गगन पहिलो, विश्वप्रकाश दोस्रो : कांग्रेसले तोक्यो पदाधिकारीको वरीयता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १२ गते


Advertisement

१२ कार्तिक काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित २० पदाधिकारीको वरीयता निर्धारण गरेको छ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पदाधिकारीहरूको क्रम तय गरेको हो।

वरीयताको पहिलो स्थानमा सभापति गगन थापा छन्। त्यसपछि वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, महिला उपसभापति पुष्पा भुसाल, चन्द्रकान्त भण्डारी र मधु आचार्य छन्।

त्यस्तै, छैटौँमा विनोद चौधरी, सातौँमा प्रदीप पौडेल, आठौँमा डिला संग्रौला पन्त र नवौँमा उदय शमशेर राणा छन्।

सहमहामन्त्रीतर्फ बहादुर सिंह लामा १०औँ, योगेन्द्र चौधरी ११औँ, प्रकाश स्नेही रसाइली १२औँ, जीवन शाही १३औँ, अजय चौरासिया १४औँ, आङ्गेलु शेर्पा १५औँ, रामहरि खतिवडा १६औँ, प्रतिमा गौतम १७औँ, अजयबाबु सिवाकोटी १८औँ, मनोज आचार्य १९औँ र डा.फिरदोस आलम २०औँ वरीयतामा छन्।

 


प्रतिकृया दिनुहोस्