Skip
आज : २०८३ कार्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बाबुरामको स्पष्ट सन्देश : निर्वाचित सरकार ढाल्ने खेल बन्द गरौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १० गते


Advertisement

१० कार्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको सीमाभित्र रहेर पूरा कार्यकाल काम गर्न दिनुपर्ने बताएका छन्।

निर्वाचन सम्पन्न भएको केही समयमै सरकार परिवर्तनको चर्चा सुरु हुनुलाई उनले राजनीतिक अस्थिरताको संकेतका रूपमा लिएका छन्।

राष्ट्रिय चाडपर्व सकिएलगत्तै आन्दोलन र सरकार परिवर्तनका विषय उठ्न थालेको भन्दै भट्टराईले चिन्ता व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रवृत्तिले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउन सक्ने बताएका हुन्।

भट्टराईका अनुसार बहुदलीय लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धा, सहकार्य तथा सरकारका काममाथि आलोचना हुनु स्वाभाविक हो। तर, निर्वाचनलगत्तै सरकार परिवर्तनको बहस चलाउनु उचित नभएको उनको धारणा छ।

विगतमा पटकपटक सरकार परिवर्तन हुँदा मुलुकले त्यसको नकारात्मक परिणाम भोगिसकेको उल्लेख गर्दै उनले राजनीतिक अस्थिरताले देशलाई अनिश्चिततातर्फ धकेल्ने बताएका छन्।

बारम्बार सरकार परिवर्तन भइरहँदा अर्थतन्त्र कमजोर हुने, युवाहरू विदेश पलायन हुन बाध्य हुने र बदलिँदो भूराजनीतिक परिस्थितिमा देश थप जोखिममा पर्न सक्ने उनको भनाइ छ।

त्यसैले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर जनताले दिएको म्यान्डेटअनुसार पूरा कार्यकाल काम गर्ने अवसर दिनुपर्नेमा भट्टराईले जोड दिएका छन्।

 

 

 


प्रतिकृया दिनुहोस्