Skip
आज : २०८३ कार्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गगनको एक्सन : कांग्रेसका केन्द्रीय सदस्य गाउँ–गाउँ जानैपर्ने !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १० गते


Advertisement

१० कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका केन्द्रीय सदस्यहरूलाई गाउँ–गाउँमा खटाएर संगठन विस्तार गर्ने बताएका छन्।

उनले मंसिर महिनाभर पार्टीलाई पुनः जनतासँग जोड्ने अभियान सञ्चालन गर्ने तयारीसमेत अघि सारेका छन्।

पोखरामा बीपी स्मृति पुस्तकालयले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले पार्टी छाडेका तथा पछिल्लो समय अन्य दललाई मत दिएका मतदातासँग संवाद गरेर उनीहरूलाई पुनः कांग्रेसमा फर्काउने प्रयास गरिने बताए।

‘एक जना पनि केन्द्रीय सदस्य साथीलाई काठमाडौं बस्ने अवस्था आउन दिन्नँ, सबैलाई तल पठाउने हो, गाउँ–गाउँमा,’ उनले भने।

थापाले उम्मेदवार छनोटमा पनि तल्लो तहलाई अधिकार दिने नीति अघि सारेका छन्। जुन तहको निर्वाचन हो, त्यही तहका नेता तथा कार्यकर्ताले उम्मेदवार तय गर्ने उनको भनाइ छ। यस व्यवस्था पार्टीको विधानमै रहेको उनले स्पष्ट पारे।

महाधिवेशनमा पराजित भएका र प्रक्रियाबाट बाहिर रहेका नेताहरूलाई समेत समेटेर अघि बढ्ने बताउँदै उनले कांग्रेसभित्र कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिए।

नेताहरू विमानस्थल पुग्दा खादामाला लिएर स्वागत गर्ने प्रवृत्तिप्रति पनि उनले असन्तुष्टि जनाए।

यस्तो परम्पराले जनतामा नकारात्मक सन्देश जाने भन्दै थापाले नेताको स्वागतमा भीड जुटाउनुभन्दा जनताको बीचमा पुगेर काम गर्न नेता–कार्यकर्तालाई आग्रह गरे।


प्रतिकृया दिनुहोस्