Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मैत्रीपूर्ण फुटबलमा ब्राजिलले भारतलाई हरायो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १८ गते


Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले भारतलाई ४–० गोलले पराजित गरेको छ ।

कोलकाताको साल्ट लेक स्टेडियममा भएको खेलमा ब्राजिलले दुवै हाफमा दुई-दुई गोल गर्‍यो । २९औं मिनेटमा इस्तिभाओको गोलमार्फत अग्रता लिएको थियो। ४२औं मिनेटमा पेड्रोले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा सामुयल लिनोले ५८औं मिनेटमा गोल गर्दै ब्राजिललाई ३–० को अग्रता दिलाए भने उनैले इन्जुरी समयको अन्तिम क्षणमा गोल गर्दै ४-० को जित दिलाए ।

भारतले पनि खेलमा गोलका केही उत्कृष्ट अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन ।

ब्राजिलले अब अक्टोबर ६ मा कोलकातामै उरुग्वेसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ ।


प्रतिकृया दिनुहोस्