१० असाेज, काठमाडौं । २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले जापानलाई १५० रनको लक्ष्य दिएको छ।
वर्षाका कारण १५ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४ विकेट गुमाउँदै १४९ रन बनायो।
नेपालका लागि सन्दीप जोरा ५७ र लोकेश बम ५२ रनमा अविजित रहे। सन्दीपले ३२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे भने लोकेशले २२ बलमा ६ छक्का र १ चौका हिर्काए।
आसिफ शेखले २१ रन जोडे। नेपालले यसअघि अफगानिस्तानलाई ५ विकेटले हराएको थियो ।
































