Skip

Hamro Sanchar

नेपालले दियो यूएईलाई ३१४ रनको लक्ष्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २७ गते


Advertisement

२७ भदौ, काठमाडौं । आसिफ शेखको शतक र गुल्सनकुमार झाको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईसामु ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आज मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ बनाएको हो ।

नेपालका आसिफले सर्वाधिक १०२ रनको योगदान गरे । उनले १०६ बलमा आठ चौका र चार छक्का प्रहार गरे ।

गुल्सनले ३८ बलमा चार छक्का र तीन चौकासहित ५२, अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ र इशान पाण्डेले १३ रन जोडे ।

पहिलो विकेटका निम्ति आसिफ र अर्जुनले ९७ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुआत दिलाएका थिए ।

यूएईका इब्रार अहमदले चार, खुजैमा तनवीरले दुई तथा हैदर अली र आदिब उस्मानीले एकरएक विकेट लिए ।


प्रतिकृया दिनुहोस्