२९ साउन, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्रा.डा.विवेक बराल नियुक्त भएका छन् ।
कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बराललाई नियुक्त गरेका हुन् ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले बरालको नाम सिफारिस गरेको थियो ।
केयूमै पढेका बराल त्यहाँको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक समेत हुन् ।
केयूको उपकुलपतिका लागि ३५ जनाको आवेदन परेको थियो । जसमध्ये १० जनाको सूची सार्वजनिक गरिएको थियो































