Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भदौदेखि किन आन्दोलनमा उत्रदै छन् शिक्षक ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २२ गते


Advertisement

२२ साउन, काठमाडौं । नेपाल शिक्षक महासंघले भदौबाट आन्दोलन गर्ने घोषणा गरेको छ ।

शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले भदौबाट आन्दोलन गर्ने निर्णय गरेको महासंघले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।

परिषद् बैठकले आगामी भदौबाट आन्दोलन गर्ने लगायतका १५ बुँदे निर्णय सार्वजनिक गरेको छ ।

आन्दोलनको मिति र कार्यक्रम तय गर्ने अधिकार परिषद्‍बाट विस्तारित कार्यादलीय बैठकलाई प्रत्यायोजित गरिएको महासंघले जनाएको छ ।

विगतका र समसामयिक नयाँ शैक्षिक तथा पेसागत माग समेत समावेश गरी भदौदेखि आन्दोलन गर्ने निर्णय भएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

 


प्रतिकृया दिनुहोस्