१९ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डिनको कार्यालयले स्नातक तहको Bachelor in Computer Application (BCA) कार्यक्रमको शैक्षिक वर्ष २०८३/८४ (सन् २०२६) का लागि प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम भर्ने अवधि थप गरेको छ।
आज जारी सूचनाअनुसार अब इच्छुक विद्यार्थीहरूले नियमित शुल्कमा साउन २६ गते राति १२:०० बजेसम्म आवेदन दिन सक्नेछन्। त्यस्तै, दोब्बर शुल्क तिरेर साउन २९ गते राति १२:०० बजेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
सूचनामा सम्बन्धित क्याम्पस तथा कलेजहरूले नियमित शुल्कका आवेदन साउन २७ गतेसम्म र दोब्बर शुल्कका आवेदन साउन ३० गतेभित्र अनिवार्य रूपमा अनुमोदन गरिसक्नुपर्ने उल्लेख गरिएको छ।
यसैगरी, प्रवेश परीक्षामा सहभागी हुने परीक्षार्थीहरूले साउन २७ गतेदेखि प्रवेशपत्र (Admit Card) प्रिन्ट गरी लिन सक्नेछन्। अन्य सबै व्यवस्था भने यसअघि प्रकाशित सूचनाअनुसार नै लागू हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ।
































