
१४ साउन, काठमाडौं । सुनसरीमा दुई समुदायबीच सुरु भएको तनावपूर्ण प्रदर्शन अब अन्य जिल्लामा फैलिँदै सिरहामा थप चर्किएको छ ।
प्रदर्शन हिंसात्मक बन्दै गएपछि सिरहाका विभिन्न क्षेत्रमा आगजनी, तोडफोड र लुटपाटका घटना भएका छन् ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउँदै नेपाली सेनालाई पनि फिल्डमा परिचालन गरेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले प्रभावित क्षेत्रमा गस्ती तथा सुरक्षा निगरानी बढाएको छ ।
हिंसात्मक झडपका क्रममा गोली लागेर एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

































