Skip
आज : २०८३ कार्तिक २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

संसद्‍मा ज्ञानेन्द्र शाहीको आक्रोश : कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २२ गते


Advertisement

२२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको सवारी दुर्घटनापछि उद्धारमा भएको ढिलाइ र राज्यको भूमिकामाथि संसद्‍मा प्रश्न उठाएका छन्।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले कर्णाली नदीमा गाडी खस्दा यात्रुहरू उद्धारको पर्खाइमा रहे पनि प्रभावकारी सरकारी संयन्त्र नपुगेको आरोप लगाए।

उनले घटनाका बेला आकाशमा हेलिकप्टर उडिरहेको भए पनि त्यो उद्धारका लागि नभई मन्त्रीको सवारीका लागि प्रयोग भएको दाबी गरे।

शाहीले ‘कर्णालीका नागरिकको ज्यानको मूल्य आखिर कति होरु’ भन्दै सरकारसँग घटनाको सत्यतथ्य सार्वजनिक गर्न, उद्धारमा भएको ढिलाइको जिम्मेवारी निर्धारण गर्न र दोषीमाथि कारबाही गर्न माग गरे।

साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी विपद् उद्धार व्यवस्था गर्न सभामुखमार्फत सरकारलाई रुलिङ गर्न आग्रह गरे।

उनको ध्यानाकर्षणपछि सभामुख डोलप्रसाद अर्यालले विषयमा अध्ययन गर्ने बताएका छन्।


प्रतिकृया दिनुहोस्