Skip

Hamro Sanchar

सुकुमबासीलाई बालेन सरकारको निर्देशन : ५ दिनभित्र होल्डिङ सेन्टर छाडेर आफ्नो व्यवस्था आफैँ गर्नु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ९ गते


९ असार, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हटाएर होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीलाई पुनर्स्थापना खर्च स्वरूप २५ हजार रूपैयाँ राहतका लागि प्रक्रिया अघि बढाइएको छ ।

सँगै, यही असार १२ गतेभित्र अहिले बसिरहेको ठाउँ खाली गरेर स्वस्व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ।

प्रशासनले राहत रकम प्राप्त गर्न निवेदन दिन भनेको छ । राहत रकम सम्बन्धित व्यक्तिको बैंक खातामा पठाइने प्रशासनले जनाएको छ ।

उनीहरूले घरभाडाबापतको रकम किस्ताबन्दीमा पाउने छन् ।

गत जेठ ५ को मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमबासीका लागि पुनस्स्थापनाका लागि एकमुष्ट २५ हजार खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।

त्यस्तै वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न ५ सदस्य भएको परिवारलाई प्रति महिना १५ हजार र सोभन्दा बढी सदस्य भएकालाई प्रतिसदस्य थप २ हजारका दरले ३ महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय सरकारको छ ।


प्रतिकृया दिनुहोस्