Skip

Hamro Sanchar

एकै ओभरमा ६ छक्का, कुशल भुर्तेलको ऐतिहासिक रेकर्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १७ गते


१७ जेठ, काठमाडौं । नेपाली क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गर्दै विश्व क्रिकेटमा ऐतिहासिक कीर्तिमान बनाएका छन् ।

एसियन गेम्स छनोट अन्तर्गत चीनविरुद्ध जारी खेलमा भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गरेका हुन् ।

यो कीर्तिमानसँगै भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गर्ने नेपालका दोस्रो र विश्वकै छैटौं खेलाडी बनेका छन् ।

खेलको नवौं ओभरमा आक्रामक ब्याटिङ गर्दै भुर्तेलले लगातार ६ बलमा ६ छक्का प्रहार गरेका थिए । सो विष्फोटक ब्याटिङको मद्दतले नेपालले १० ओभरको समाप्तिमा १ विकेट गुमाएर १३५ रनको बलियो स्थिति खडा गरिसकेको छ । भुर्तेल मात्र ३२ बलमा ९४ रन बनाएर शतकको नजिक छन् ।

भुर्तेल अघि नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सन् २०२४ को एसीसी प्रिमियर कपमा कतारविरुद्ध २०औं ओभरमा ६ छक्का प्रहार गरेर यो उपलब्धि हासिल गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए ।


प्रतिकृया दिनुहोस्