Skip

Hamro Sanchar

साफ महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुआत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ११ गते


११ जेठ, काठमाडौं । भुटानविरुद्ध १–० को कठिन जित निकाल्दै नेपालले भारतको गोवामा आजदेखि सुरु भएको साफ महिला च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ ।

यो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले तालिकामा पहिलो तीन अंक जोडेको छ ।

भारतको गोवास्थित जवहरलाल नेहरु रंगशालामा भएको उक्त खेलमा नेपाललाई जित दिलाउन रक्षक गीता राना निर्णायक बनिन् ।

उनले २३औँ मिनेटमा अग्रता दिलाएको अग्रतालाई अन्तिम समयसम्म जोगाउँदै नेपालले जित निकालेको हो ।

नेपालले जितबाट सेमिफाइनल छनोट सम्भावना पनि बलियो बनाएको छ । अब दोस्रो खेलमा नेपालले श्रीलंकासँग खेल्ने तालिका छ ।

हारसँगै भुटानले भने प्रतियोगितामा खराब सुरुआत गरेको छ । साथै, भुटानको सेमिफाइनल छनोट सम्भावना पनि कमजोर बनेको छ ।


प्रतिकृया दिनुहोस्