Skip

Hamro Sanchar

साफ महिला च्याम्पियनसिप : विजयी सुरुआतको लक्ष्य सहित भुटानसँग खेल्दै नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ११ गते


११ जेठ, काठमाडौँ । नेपालले साफ महिला च्याम्पियनसिपमा आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ ।

खेलमा दुवै टोली विजयी सुरुआतको खोजिमा छन् । यी दुईले समूह ‘ए’को पहिलो खेल खेल्न लागेको हुन्। नेपाल प्रतियोगिताको ६ पटकको उपविजेता हो ।

नेपालले फाइनलमा अन्तिम समय सम्हालिन नसक्दा सन् २०१०, सन् २०१२, २०१४, २०१९, २०२२ र २०२४ को संस्करणमा उपविजेता बनेको थियो ।

यता, भुटानले भने हालसम्म प्रतियोगितामा सेमिफाइलनभन्दा माथिल्लो नतिजा आत्मसाथ गर्न सकेको छैन । टोलीले सन् २०२२ र २०२४ का संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गरेको हो ।

साफ च्यम्पियनसिपमा नेपालले हालसम्म भुटानसँग हारको सामना गर्नुपरेको छैन । यी दुईबीच अहिलेसम्म पाँच खेल भएका छन् । जसमा नेपालले चार खेल आफ्नो पक्षमा पार्दा एक खेल बराबरीमा सकिएको छ ।

 


प्रतिकृया दिनुहोस्