Skip

Hamro Sanchar

राखेपले  एन्फामाथि लगाएको निलम्बन फुकुवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १ गते


१ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

आज मन्त्रालयमा बसेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र एन्फा पदाधिकारीबीचको छलफलपछि निलम्बन फुकुवा गरेको एन्फा प्रवक्ता सुरेश शाहले बताए ।

एन्फा प्रवक्ता शाहले मन्त्री पोखरेलले बिनासर्त निलम्वन फुकुवा गरिदिएको पनि बताए ।

छलफलमा राखेपका सदस्यसचिव रामचरित्र मेहता, मन्त्रीका खेलकुद सल्लाहकार सिद्धि व्यञ्जनकार, एन्फा महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी उपस्थित थिए ।

गएको चैत ११ गते जबर्जस्ती अर्ली इलेक्सन गर्न खोजेको, देशको ऐन कानुन नमानेकोलगायत आरोप लगाउँदै राखेपले एन्फामाथि तीन महिनाका लागि निलम्बन गरेको थियो ।

 


प्रतिकृया दिनुहोस्