Skip

Hamro Sanchar

स्कटल्यान्डले दियो नेपाललाई २४४ रनको लक्ष्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २९ गते


२९ बैशाख, काठमाडौं ।आईसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डले नेपाललाई २४४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा स्कटल्यान्डले टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रन बनाएको हो ।

खेलमा सन्दीप लामिछानेले घातक बलिङ गर्दै ४ विकेट लिएका थिए ।

ओपनरले शतकीय साझेदारी तोड्दै सन्दीपले ११४ मा शून्य रनको स्थितिबाट नेपाललाई १२८–४ को स्थितिमा पुर्‍याएका थिए । तर, त्यसपछि स्कटल्यान्ड सम्हालिँदा नेपाललाई मध्यम लक्ष्य दिन सफल भएको हो ।

सन्दीपले १० ओभरमा ४१ रन दिँदा ४ विकेट लिए । नन्दन यादव र करण केसीले दुई–दुई विकेट लिए । स्कटल्यान्डको लागि जर्ज मुन्सेले ७५, फिनाले म्याकक्रिथले ३५, माइकल इंगलिसले ३४, मार्क वाटले २४ रन बनाए । माइकल लिस्कले २९ रन बनाए ।


प्रतिकृया दिनुहोस्