
२४ बैशाख, काठमाडौं । स्कटल्यान्डसँगको एक दिवसीय पहिलो अभ्यास खेलमा नेपाल ए टोलीले पहिलो जित दर्ता गरेको छ।
आज भएको खेलमा नेपाल ए ले स्कटल्यान्डलाई ४५ रनको जित हात पारेको हो।
नेपाल ‘ए’ले दिएको २ सय ७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४८।२ ओभरमा २ सय ३२ रनमा अलआउट भयो।













