Skip

Hamro Sanchar

क्रिकेट विश्वकप लिग-२ : ओमानविरुद्ध आशिफले बनाए अर्धशतक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २२ गते


२२ बैशाख, काठमाडौं । नेपालका ओपनर आशिफ शेखले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ओमानविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालका ओपनर आशिफले ओमानविरुद्ध ६६ बलमा ५० रन पूरा गरेका हुन् । यसक्रममा उनले पाँच चौका र एक छक्का प्रहार गरेका छन् ।

यो आशिफको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १४औँ अर्धशतक हो । अर्धशतकका निम्ति आशिफले हाल क्रिजमा रहेका अर्जुन कुमालसँग ८९ रनको साझेदारी गरेका छन् । अर्जुन भने ४० रनमा खेलिरहेका छन् । जारी खेलमा २२।१ ओभरमा नेपालले एक विकेट गुमाएर ९५ रन बनाएको छ । यी दुवै टोली जितसहित लिग–२ अन्तर्गत ओमान, नेपाल र युनाइटेड अरब इमिरेट्स९ यूएई० सम्मिलित त्रिदेशीय श्रृंखला टुंग्याउने लक्ष्यमा छन् ।

तालिकाको सातौँ स्थानमा रहेको नेपालले प्रतियोगितामा १६ अंक जोडेको छ । नेपालले २३ खेल खेल्दा सात खेलमा जित र १४ खेलमा हार व्यहोरेको छ । दुई खेल भने रद्द भएको थियो । यता, ओमान भने १५औँ जितको खोजीमा छ । ओमान ३१ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । टोलीले २७ खेल खेल्दा १४ जित र १० हार व्यहोरेको छ ।

टोलीको तीन खेल भने रद्द भएको थियो । ओमान र नेपालको यो दोस्रो खेल हो । यसअघि श्रृंखलाअन्तर्गत भएको पहिलो खेलमा ओमानले घरेलु टोलीलाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको थियो ।


प्रतिकृया दिनुहोस्