Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

क्यानको कारबाहीमा करण केसी : खेलमा प्रतिबन्ध, म्याच फी पनि नपाउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २९ गते


Advertisement

२९ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख करण केसी कारबाहीमा परेका छन् । विवादित सामाजिक सञ्जाल स्टाटस्का कारण नेपाल क्रिकेट संघ क्यानले केसीलाई कारबाही गरेको हो ।

क्यानले अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै केसीलाई खेलका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो। साथै, सोही खेलको म्याच फीसमेत काट्ने निर्णय गरिएको क्यानले जनाएको छ।

क्यानका अनुसार खेलाडीहरूले सार्वजनिक रूपमा व्यक्त गर्ने धारणा र गतिविधि संस्थाको आचारसंहिताभित्र रहनुपर्ने भएकाले सो स्टाटसलाई गम्भीर रूपमा लिँदै कारबाही गरिएको हो।

उक्त घटनापछि केसीको स्टाटस सामाजिक सञ्जालमा व्यापक चर्चा र विवादको विषय बनेको थियो। यस विषयमा क्यानले स्पष्ट सन्देश दिन र अनुशासन कायम राख्न आवश्यक ठानी कारबाही गरेको जनाएको छ।

 

 


प्रतिकृया दिनुहोस्