Skip

Hamro Sanchar

मन्त्रिपरिषद्‌मा गृहमन्त्री गुरुङको वरीयता घट्यो, पाचौं स्थानमा, अरु कति ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २४ गते


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले मन्त्रीहरूको वरीयता हेरफेर गरेका छन् ।

मन्त्रिपरिषद्‌को तेस्रो वरीयतामा रहेका गृहमन्त्री सुधन गुरुङलाई अब पाँचौँ स्थानमा राखिएको छ । यही चैत १३ गते मन्त्रिपरिषद् विस्तार गरिँदा गुरुङ तेस्रो वरीयतामा थिए ।

परराष्ट्रमन्त्री शिशिर खनालको वरीयता बढाइएको छ । चौथोमा रहेका उनलाई अब तेस्रो वरीयता दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेनको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन् ।

 


प्रतिकृया दिनुहोस्