Skip

Hamro Sanchar

नेकपा र कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने, नेकपाले उपसभामुखमा दाबी गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २० गते


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ ।

उसले रास्वपा उम्मेदवार डीपी अर्याललाई समर्थन गर्ने जनाएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सभामुख पदमा उम्मेवारी नदिने बताए । ‘संसदमा दुई तिहाइ बहुमतसहितको रास्वपाले सभामुख पदमा उम्मेदवारी दिनु स्वाभाविक छ । त्यसमा हाम्रो समर्थन रहन्छ,’ दुलालले भने ।

रास्वपा उपसभापति डीपी अर्यालले सभामुख पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीले उपसभामुख पदमा भने दाबी गरेको छ । सहमति भए उपसभामुख पदमा उम्मेदवारी दिने नेकपाका एक नेताले बताए ।

नेपाली कांग्रेसले पनि सभामुख पदमा उम्मेदवारी नदिने जनाएको छ ।


प्रतिकृया दिनुहोस्