Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १९ गते


Advertisement

१९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ ।

रास्वपाको आज बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउने निर्णय गरेको हो ।

संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो।

“संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले उपसभापति डीपी अर्याललाई सभामुख बनाउन गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ,” रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

अर्याल काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद हुन् ।


प्रतिकृया दिनुहोस्