Skip

Hamro Sanchar

आईपीएलमा आज लखनउ र दिल्ली खेल्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १८ गते


१८ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज (चैत १८)लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्दै छन् ।

खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगिताको सुखद सुरुआत गर्ने लक्ष्यमा छन् ।

गत वर्ष आईपीएलमा लखनउले सातौँ स्थानमा रही प्रतियोगिता टुंग्गाएको थियो । १४ खेल खेल्दा लखनउले ६ जित र आठ हारसहित १२ अंक जोडेको थियो ।

दिल्ली क्यापिट्लसले भने पाँचौँ स्थानमा रही प्रतियोगिता टुंग्गाएको थियो । समान १४ खेल खेलेको डेल्हीले सात जित र ६ हारसहित १५ अंक जोडेको थियो ।

यी दुईबीचको खेल भारतको रत्न श्रीअटल विहारी भाज्पाये क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुका ७स्४५ बजे हुनेछ । यी दुवैले आईपीएलमा हालसम्म उपाधि जितेको छैन।

सन् २०२० मा सम्पन्न आईपीएलमा उपविजेता बन्नुनै दिल्लीले प्रतियोगितामा हालसम्म प्राप्त गरेको सुखद नतिजा हो ।


प्रतिकृया दिनुहोस्