Skip

Hamro Sanchar

लाओसविरुद्धको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १७ गते


काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।

टोलीका मुख्य प्रशिक्षक गग्लीएल्मो एरेनाले लाओसविरुद्धको खेलका लागि आफ्नो पहिलो रोजाइका खेलाडी उतारेका हुन्।

एरेनाले घोषणा गरेको टोलीमा युवराज खड्काले डेब्युको मौका पाएका छन्।

लाओसको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार पौने ६ बजे सुरु हुनेछ।

यसअघि नै समूह चरणबाट बाहिरिसकेका नेपाल र लाओस आजको खेलमा सान्त्वना जित निकाल्दै सुखद अन्त्यको खोजीमा छन्। यसअघिको भेटमा नेपाल लाओससँग २–१ ले पराजित भएको थियो।

एरेनाले टोली सम्हालेपछि नेपालले पहिलो खेल खेल्न लागेको हो।

नेपालको सुरुवाती ११
किरण कुमार लिम्बु (कप्तान), रोहित चन्द, सुमन श्रेष्ठ, अनन्त तामाङ, सनिस श्रेष्ठ, दिपेश गुरुङ, मनि लामा, आदित्य शाक्य, मनिष डांगी, आयुष घलान, युवराज खड्का


प्रतिकृया दिनुहोस्