Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आईसीसी लिग २ को खेल स्थगित: क्यान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २० गते


Advertisement

काठमाडौं। नेपालमा यही मार्च १० देखि २० तारिख सम्म आयोजना हुन लागेको आईसीसी विश्व कप लिग २ को खेल स्थगित भएको छ।

अमेरिका, इजरायल र ईरान युद्धका कारण मध्यपूर्वमा देखिएको अस्थिर अवस्थाको कारण उक्त खेल स्थगित भएको हो । लिग २ श्रृङ्खला मा नेपाल, युएई र ओमान बीच कीर्तिपुर क्रिकेट रंगशाला र मूलपानीमा खेल हुने तय थियो।

जसमा ३ वटै टोलीले ४र४ खेल खेल्ने तय भएको थियो । नेपाल क्रिकेट संघले एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभए सम्मका लागि खेल रोकिएको जनाएको छ।

लिग २ नेपाल लगायत ८ एसोसिएट राष्ट्रबीच हुने सबैभन्दा महत्वपूर्ण एक दिवसीय प्रतियोगिता हो।

यो प्रतियोगिताले एक दिवसीय मान्यता जोगाउने देखि विश्व कप छनोटसम्मको तालिका निर्धारण गर्ने गर्दछ। श्रृङ्खलामा नेपाल अहिले सातौं स्थानमा संघर्षरत छ।


प्रतिकृया दिनुहोस्